AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरका शेखर रेग्मीको उपाध्यक्ष पद दर्विलो बन्दै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० असार २०७९, बिहीबार १७:४३
1.69k
Shares
विराटनगर / लोकतन्त्रबादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नबौ राष्टिय महाधिबेशन नजिकिदै जादा खुल्ला उपाध्य पदमा दावी गर्दै आएका विराटनगरका पत्रकार शेखर रेग्मीको उम्मेदवारी दर्विलो बन्दै गएको छ । उपाध्क्षको उम्मेदवारी घोषणाले उनी चुनावी प्रतिस्पर्धामा उत्रिने लगभग निश्चित देखिएको छ ।

दुई दशक भन्दा बढी प्रेस युनियनको राजनीतिमा सक्रिय रहेर काम गर्दै आएका रेग्मीले युनियनको १ कार्यकाल केन्द्रीय उपाध्यक्ष र १ कार्यकाल प्रदेश संयोजक भएर काम गरिसकेका छन । युनियनको महाधिबेशन यही साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौडामा हुँदैछ ।
रेग्मीले नेपाल प्रेस युनियनको खुल्लातर्फबाट राष्ट्रिय उपाध्क्षमा उम्मेदवारी दुई साता अघिनै घोषणा गरेका हुन । उनले आफू सधै श्रमजीवी पत्रकारको साथमा रहेको बताउदै , श्रमिजीवी पत्रकारहरुको पक्षमा कसैसँग सम्झौता नगर्ने , पत्रकारहरुको हकहित र पेशागत सुरक्षा र पत्रकारको क्षमता अभिवृद्धिका लागी काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।

हाल विराटनगरबाट संचालनमा रहेको रेडियो स्टारको अध्यक्ष समेत रहेका रेग्मी यस अघि अन्नपूर्ण पोष्ट , हिमालय टाईम्स , स्पेस टाईम , देउराली दैनिक , लोकपत्र दैनिक, विराटपथ दैनिक र विभिन्न साप्ताहिकहरुमा काम गरेको लामो अनुभव उनीसँग छ ।

तीन दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रेग्मी प्रदेश १ बाट खुल्ला उपाध्यक्षमा उम्मेदवार बन्ने एक्ला दावेदार हुन । खुल्ला उपाध्यक्षमा देशभरबाट २ जना निर्वाचित हुने प्रावद्यान छ । महाधिबेशनमा देशभरिबाट १६ सय ५० जना केन्द्रीय प्रतिनिधि सहभागि हुँदैछन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर