विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले कृषि पेशाप्रति युवा पुस्तको आकर्षण वृद्धि गर्न विशेष जोड दिएको बताएका छन् ।
मोरङको जहदा गाउपालिका –३ मा आज आयोजित २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवमा धान रोपाई गरी उद्घाटन गर्दै उनले युवाहरुका लागि तालीम , अनुदान ,कृषिमा आधुनिक प्रविधि , व्यावसायिकता र बजारीकरणमा विशेष ध्यान दिएर वैदेशिक रोजगारी जाने कार्यलाई नियन्त्रण गरिने बताए ।
मुख्यमन्त्री कार्कीले प्रदेशलाई कृषि उपजमा आत्मनिर्भर वनाउन विशेष योजनाका कार्य शुरु गरेको जानकारी दिँदै उत्पादकत्व वृद्धि गर्दै अन्तराष्ट्रिय क्षेत्रमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने बताए । उनले जलवायु परिवर्तनको असरका कारण कृषि उत्पादन घट्नकाले यसबाट मानव जिवन कष्टकर वन्दै गएकाले यसतर्फ हामीसबैले ध्यान दिनु आवश्यक रहेको बताए ।