animated ellipse animated ellipse

एमाले संघर्ष र बलिदानबाट आएको पार्टी भएकाले कसैले अवरोध गरेको भरमा विचलनमा पर्दैन : अध्यक्ष ओली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ मंसिर २०८०, शुक्रबार १५:००
90
Shares
तेह्रथुम / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जन्म जिल्ला तेह्रथुम पुगेर एमाले संघर्ष र बलिदानबाट आएको पार्टी भएकाले कसैले अवरोध गरेको भरमा विचलनमा नपर्ने बताए ।

आज तेह्रथुमको म्याङ्लुङमा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले सहि बाटोबाट जनताको मन जित्ने बताए ।

अध्यक्ष ओलीले लोकतन्त्रमा धैर्यता राख्नुपर्ने बताए । लोकतन्त्रमन कुनै समस्या भए लोकतान्त्रिक विधिबाट समस्याको समाधान खोज्नुपर्जे ओलीको भनाइ छ ।

कालो झण्डा देखाएर र सल्लाको रुख ढालेर समस्याको समाधान नहुने भन्दै ओलीले भने, ‘कालो झण्डा देखाएर, बाटोमा सल्लाको रुख ढालेर समस्याको समाधान हुँदैन । त्यो जंगलमा उभिएको सल्लाको रुख समस्या हो र ? साच्चै समस्याको समाधान गर्ने हो भने शान्तिपूर्ण ढंगले छलफल गर्नुपर्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर