चाडपर्वले नेपालीहरुवीच आपसी सद्भाव कायम राख्छ– प्रदेश प्रमुख खापुङ्ग

खबर पूर्वाञ्चल, १२ आश्विन २०७९, बुधबार २०:३२
171
Shares
विराटनगर / प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपालीहरुको महान चाड वडा दशैं, तिहार र छठले नेपालीहरुवीच आपसी सद्भाव कायम गरेको बताए ।

आज विराटनगरमा मोरङ व्यापार सङ्घले वडा दशैं, तिहार र छठको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले नेपालीहरुको मौलिक रुपमा रहेको चाडको संरक्षण गर्नु गर्नुपर्नेमा जोड दिए ।

प्रदेश प्रमुख खापुङ्गले असत्यमाथि सत्यको जीतको रुपमा मनाइने दशैंले सम्पूर्ण नेपालीहरुमा खुशियाली, सुखद जीवनयापनमा सहयोग पु¥याउने बताए ।

सङ्घका अध्यक्ष नविन रिजालले नेपालीहरुवीच आपसी सद्भाव र मेलमिलापमा रुपमा चाडपर्वको ठूलो महत्व रहेको बताए ।

शुभकामना आदान कार्यक्रममा प्रदेशसभाका सदस्यहरु, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, निजामती कर्मचारीहरु, उद्योगी, व्यापारी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५