AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कानुनी सिद्धान्तलाई परिपालन गर्न र गराउन सरकारले आवश्यक कानुन निर्माण गर्नु पर्छ ः प्रदेश प्रमुख खापुङ्ग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ फाल्गुन २०८१, शनिबार १८:३४
27
Shares
विराटनगर / कोशी प्रदेश प्रमुख परशराम खापुङ्गले प्रदेश सरकार नागरिक सेवामा समर्पित भएर काम गरिरहेको बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश सरकारद्वारा आज विराटनगरमा आयोजित‘कोशी प्रदेश सरकारको सातौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रदेश प्रमुख खापुङ्गले प्रदेश सरकार जनताका हित, नागरिक स्वतन्त्रता, सामाजिक तथा सेवाका क्षेत्रमा दत्तचित भएर काम गरिरहेको प्रसङ्ग उल्लेख गर्दै सरकार विकास निर्माण र शान्तिसुरक्षाको क्षेत्रमा पनि सफलता प्राप्त गरेको बताए ।

प्रदेश प्रमुख खापङ्गले भने, ‘ कानुनी सिद्धान्तलाई परिपालन गर्न र गराउन सरकारले आवश्यक कानुन निर्माण गरिहेको छ । जसबाट सङ्घीयताको कार्यान्वयन र प्रदेश सरकारको औचित्य पनि पुष्टि भइरहेको छ ।’ उनले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था लागु भएको थोरै समयमा पनि प्रदेश सरकारले महत्वपूर्ण काम गरेको छ भन्दै सरकार अझ विकास गर्न र जनताको आवश्यकतालाई पूरा गर्न काम गर्न सफल होस् शुभकामना पनि दिए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार भौतिक विकाससँगै मानवीय संशाधनको विकासमा पनि काम गरिहेको बताए । कोशी प्रदेश सरकार स्थापना भएको सात वर्षको अवधिमा सरकारले विकास निर्माणमा महत्वपूर्ण उलब्धि हासिल गरेको बताउँदै मुख्यमन्त्री कार्कीले भने,‘ सरकार पुँजी निर्माण गर्न र गरिबी निवारण पनि काम गरिरहेको छ ।’

मुख्यमन्त्री कार्कीले राष्ट्रिय पुँजी निर्माण गर्न सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने भन्दै पर्यटन वर्ष र चिया सम्मेलन गर्ने सरकारको योजना र नीतिबाट पुँजी निर्माणको आधार खडा हुने बताए । उनले प्रदेशको राजधानी तोक्न र प्रदेशको नामकरण गर्न सरकारको उलब्धि हो भन्दै नामकरणको विषयमा पहिचानवादीले देखाएको असन्तुष्टिलाई सम्बोधन गर्न सरकार आवश्यक छलफल एवं संवाद गरिरहेको बताए ।

रकारले यस प्रदेशमा पहिचानको क्षेत्रमा अत्याधिक काम गरेको स्मरण गराउँदै मुख्यमन्त्री कार्कीले भत्रुभयो, ‘ स्वच्छ, सुखी र समुत्रत प्रदेश निर्माणमा सबैको साथ र सहयोग आवश्यक छ ।’ उनले सरकारको कमी कमजोरीलाई स्वस्थ आलोचना गरी सत्य र तथ्यका आधारमा समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गर्दै कर होइन करको क्षेत्र विस्तार गर्ने बताए ।

मुख्यमन्त्री कार्कीले आगामी एक महिना भित्र प्रदेश आन्तरिक राजस्व कार्यालय स्थापना गर्न सरकारले नीतिगत आधार बनाएको जानकारी दिँदै प्रदेशका राष्ट्र सेवक कर्मचारीहरुको वृति विकासमा सरकार गम्भीर रहेको बताए ।

कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले विविधता र संभावना बोकेको यो प्रदेशमा राजनीतिक स्थायित्व भएमा धेरै विकास गर्न सकिने बताए । उनले सरकारले स्थायी आम्दानीको खोज र लगानी गर्न सुझाव दिए ।

कोशी प्रदेशका मुख्यसचिव केदारनाथ शर्माले आवश्यक जनशक्त्तिको अभावमा पनि प्रदेश सरकार मूलभूत उद्देश्यमा सफल भएको बताउँदै राष्ट्र सेवक कर्मचारीहरु सरकारले ल्याउने योजना, नीति र नियमको परिधिभित्र रहि काम गर्ने प्रतिबद्धता जनाए ।

सो अवसरमा प्रदेश प्रमुख खापुङ्गले प्रदेश सरकारले सात वर्षको अवधिमा गरेको उलब्धिहरु संगालिएको पुस्तक पनि सार्वजनिक गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर