RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशसभाको बैठक बुधबार बस्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ जेष्ठ २०८०, आईतवार २०:१४
198
Shares
विराटनगर / कोशी प्रदेशसभाको बैठक जेठ ३१ गते बुधबार दिनको १ बजे बस्ने भएको छ ।

अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभाको बैठक प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आज सूचना जारी गर्दै बैठकको जानकारी दिएका हुन् ।

मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएपछि जेठ २३ देखि अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा स्थगित भएको थियो ।

जेठ २४ मा नीति तथा कार्यक्रम सदनमा पेश हुने तयारी थियो । सदन स्थगनमा गएपछि नीति कार्यक्रम पेश भएको छैन । बुधबार आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेर प्रदेशसभाको बैठक अन्त्य गर्ने तयारी गरिएको बुझिएको छ । कार्की नेतृत्वको सरकार अल्पमतमा परेकोले सदन स्थगित भएपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ ।

प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । यहीबेला सभामुख बाबुराम गौतमले ससद बैठक बोलाएका छन् ।

आजमात्रै प्रदेशका विपक्षी दलहरुले अध्यादेशबाट बजेट नल्याउन, त्यसरी ल्याए अस्वीकार गर्ने चेतावनी दिएका छन्् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर