animated ellipse animated ellipse

राष्ट्रपति भण्डारीले गरिन संसद् विघटन, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ पुष २०७७, आईतवार १४:४७
2.14k
Shares
काठमाण्डौं/ राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको सिफारिस सदर गरेकी छिन् ।

संविधानमै व्यवस्था नभएको स्वेच्छाचारी अधिकार प्रयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले गरेको सिफारिस अनुसार संसद विघटन गर्दै राष्ट्रपति भण्डारीले २०७८ वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति पनि तोकेकी छिन् ।

संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छु, राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपतिको कार्यालयले नेपालको संविधानको धारा ७६ को उपधारा ९१० र ९७० तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जाने निर्णय लिइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर