ओलम्पिक डे को अवसरमा एभरेष्ट स्कुलमा पौडी प्रतियोगिता

खबर पूर्वाञ्चल, २ भाद्र २०८०, शनिबार १७:२३
459
Shares
विराटनगर / मोरङ जिल्ला पौडी संघले आयोजना गरेको स्वीमिङ प्रतियोगितामा दावा तामाङले तीन विधामा मेडल जितेका छन् ।

ओलम्पिक डे को अवसरमा संघले एभरेष्ट स्कुल विराटनगरमा– १५ मिटरदेखि आठ सय मिटरसम्मको विभिन्न स्पर्धा गराएको हो ।

प्रतियोगितामा एभरेष्ट स्कुलको कक्षा– ७ मा अध्ययनरत दावाले ५० मिटर ब्याक स्टोकमा प्रथम, ५० मिटरको बे्रष्ट स्टोकमा दोस्रो र १०० मिटर फ्रि स्टाइलमा तेस्रो मेडल जितेका हुन्। ८०० मिटर पुरुष फ्रि स्टाइल प्रतियोगितामा साइरस मिश्रले प्रथम मेडल जित्दा इमोन लामाले दोस्रो, क्षितिज चौधरीले तेस्रो स्थानको मेडल प्राप्त गरे।

त्यस्तै ५० मिटर पुरुष ब्रेष्ट स्टोकमा हर्सित सिंह प्रथम, दावा तामाङ दोस्रो, सुज्ञान कोइराला तेस्रो भए। ५० मिटर कै ब्याक स्टोकमा दावा तामाङ प्रथम हर्सिभ राठी दोस्रो र सुज्ञान कोइराला तेस्रो भए। १०० मिटर फ्रि स्टाइलमा रोजित श्रेष्ठ प्रथम, पर्शु श्रेष्ठ दोस्रो र दावा तामाङ तेस्रो भए। ५० मिटर फ्रि स्टाइलमा इमोन लामा प्रथम, पर्शु श्रेष्ठ दोस्रो, क्षितिज चौधरी तेस्रो भए। २५ मिटर पुरुष फ्रि स्टाइलमा आरध्य पाण्डे प्रथम, आरभ थापा दोस्रो र आरोग्य श्रेष्ठ तेस्रो भए ।

त्यसैगरि महिला तर्फको २५ मिटर फ्रि स्टाइलमा युदेन लामा प्रथम, श्रीयंशी गिरी दोस्रो र आरुसी बाराकोटी तेस्रो भए भने पुरुष तर्फ जुनियर ५० मिटर फ्रि स्टाइल सिद्धार्थ तामाङ प्रथम, अजित चौधरी दोस्रो, पवन भट्टराई तेस्रो भए । १५ मिटर फ्रि स्टाइल आश्रय भण्डारी प्रथम, आरभ घिमिरे दोस्रो, अनुभव दाहाल तेस्रो भए।

आज सम्पन्न प्रतियोगिताका विजेतालाई प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष तथा एभरेष्ट स्कुलका प्रिन्सिपल टीकाराम पुरीले प्रमाणपत्र तथा मेडल प्रदान गरे । प्रतियोगिताका प्रमुख अतिथि समेत रहेका पुरीले पौडी खेलको विकासका लागि एभरेष्ट स्कुलले स्वीमिङ पुल निर्माण गरी विद्यालय तहदेखि खेलाडी उत्पादनको प्रयत्न गरिरहेको बताए। ‘विराटनगरको मात्र नभई कोशी प्रदेशमा स्वीमिङ खेलको विकासका लागि अन्तर्राष्ट्रिय मापदण्डको स्वीमिङ पुल निर्माण गरेका छौं,’ उनले भने,‘विद्यालय तहबाट खेलाडी उत्पादनमा योगदान गरेका छौं, केही वर्ष भित्र विराटनगरले राष्ट्रियस्तरमा गोल्ड मेडल ल्याउन सक्छन् ।’

२०२३ को ओलम्पिक डे को अवसरमा आयोजित प्रतियोगितामा एभरेष्ट स्कुल–कलेजका विद्यार्थीले सहभागिता जनाएको कार्यक्रम संयोजक कोशी प्रदेश पौडी प्रमुख प्रशिक्षक इन्द्रजित राजभण्डारीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५