AArya
RUMPUM
animated ellipse animated ellipse

कक्षा १२ का विद्यार्थीहरूलाई विदाई गर्दै शिक्षादीप कलेजले वितरण गर्यो ७० लाखको छात्रवृत्ती

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ चैत्र २०८१, शुक्रबार १७:४८
720
Shares
विराटनगर / विराटनगरस्थित शिक्षादीप कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई विदाई गरेको छ ।

विज्ञान र व्यवस्थापन संकायमा अध्ययरत विद्यार्थीहरूलाई कलेजले शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी विदाई गरेको हो ।

१६ औं ब्याजका विज्ञान र १७ औं ब्याजका व्यवस्थापन संकायका १ हजार १ सय ३५ जना विद्यार्थीहरूलाई विदाई गरेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल खड्काले कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफलताको शुभकामना दिए । ‘विद्यालयमा सिकेको ज्ञान व्यवर्हानमा उतारेर विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गर्नुहुन्छ भन्ने मैले अपेक्षा राखेको छु,’ प्रिन्सिपल खड्काले भने, ‘आगामी दिनको सफलताको विद्यार्थीहरुलाई शुभकामना पनि दिन चाहन्छु ।’

कार्यक्रममा व्यवसंस्थाप संकायका को–अडिनेटर शंकर भट्टराई, निर्देशक शैलेन्द्र शिवाकोटी, रमेशकुमार मण्डल, राजेन्द्रप्रसाद यादव, डा. विमल श्रीवास्तव र ललित नारायण मन्दर, रामचन्द्र अधिकारीलगायतले विद्यार्थीहरुलाई सफताको शुभकामना दिए ।

कोशी प्रदेशका साँसद तथा कलेजका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले आत्मविश्वासका साथ परीक्षा दिएमा सधै उत्कृष्ट नतिजा आउँने बताए । पछि जुनसुकै समयमा विद्यार्थीलाई कलेजले अध्ययनलगायत हरे कुरामा सहयोग गर्ने पराजुलीले बताए । सोही अवसरमा कलेजले लिएको आन्तरिक तथा हिसान परीक्षामा ६० प्रतिशतभन्दा माथी ल्याउँने विद्यार्थीलाई करिव ७० लाख बराबर नगद पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा विद्यार्थीले गित र नृत्य प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर