पूर्वाञ्चल खबर
वडा कार्यालयमा आज आयोजित एक कार्यक्रमकावीच १० जना स्वास्थ्यस्वयंसेविकाहरुलाई प्रेसर कुकर र काँसको थाल वितरण गरिएको हो ।
वडा कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को कार्यक्रम अन्तरगत स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन स्वरुप प्रेसर कुकर र काँसको थाल वितरण गरिएको वडाध्यक्ष सन्तोष न्यौपानेले बताए।
घरायसी सामग्री वितरण कार्यक्रममा वडाध्यक्ष न्यौपाने, वडा सचिव राजेन्द्रप्रसाद पराजुली, कर्मचारीहरु, स्थानीय समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो ।