खबर पूर्वाञ्चल
आरागनको एडिएचएम र कक्षा १२ मा अध्ययनरत ४ सय ५० जना विद्यार्थीलाई आज एक कार्यक्रमको आयोजना गरि विदाई गरेको छ । सोही अवसरमा कलेजमा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई सममानसमेत गरिएको छ ।
सोही अवसर पारेर कलेजमा भर्ना भएका २ सय विद्यार्थीहरुलाई स्वागत गर्दै कलेजको बारैमा बताइएको थियो । उनीहरुलाई प्रमुख अतिथि प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, कलेजका प्रशासकिय प्रमुख सुरेशविक्रम कुवँर, हेड अफ सेन्टर रोशन शर्मा पन्थी र कार्यक्रम संयाजन शैलेन्द्र वर्मालगायतले शुभ कामना दिएका छन् ।
कलेजका निर्देशक अमित महतोको सभापतित्वमा भएको कार्यक्रममा उपस्थि अथिति, अभिभावक तथा विद्यार्थीहरुलाई कलेजमा अध्ययनरत विद्यार्थीले नृत्य तथा गायनलगायत विभिन्न कार्यक्रम गरि मनोरञ्जन दिएका थिए ।