RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कुलले आयोजना गरेको वादविवादमा सरस्वती र नविशा प्रथम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ भाद्र २०८०, शुक्रबार १७:२१
162
Shares
विराटनगर/ विराटनगर–७ स्थित ग्रेडेड सेकेण्डरी स्कुलले आयोजना गरेको वादविवाद प्रतियोगितामा सरस्वती हेम्ब्रम प्रथम भएकी छन् ।

५९ औं राष्ट्रिय बालदिवसका अवसरमा आयोजित प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै सरस्वती प्रथम भएकी हुन् । ‘सामाजिक सञ्जालको प्रयोग बरदान कि अभिशाप’ विषयमा आफ्नो तर्क प्रस्तुत गरेर प्रशान्त कामत द्वितीय र कृतिश्री थापा तृतीय भइन् । कवि एवं पत्रकार मीनकुमार नवोदित र पत्रकार पदमकुमार सरदारको निर्णायक समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो । कक्षा ८ देखि १० सम्मको समूहमा भएको प्रतियोगितामा १७ जना विद्यार्थीले भाग लिएका थिए ।

त्यस्तै कक्षा ५ देखि ७ सम्मको समूहमा भएको प्रतियोगितामा नविशा तिवारी प्रथम, थनिशा पोखरेल द्वितीय र उज्ज्वल यादव तृतीय भए । सो समूहमा भएको प्रतियोगितामा १६ जना प्रतियोगी सहभागी भएका थिए ।

विजयी विद्यार्थीलाई ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यालयले पठनपाठनसँगै अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको विद्यालयका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले जानकारी दिए । उनका अनुसार विद्यालयले वक्तृत्वकला, वादविवाद, कविता प्रतियोगिता, हाजिरीजवाफलगायतका प्रतियोगिता आयोजना गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर