AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ बाट ८ जना डिस्चार्ज

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ बैशाख २०७७, शुक्रबार ०१:१२
3
Shares
विराटनगर / कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ८ जना आज डिस्चार्ज भएका छन् । उदयपुरको भुल्केबाट ल्याईएका ८ जनालाई आज अस्पतालले डिस्चार्ज गरेको हो । डिस्चार्ज हुनेमा ७ जना नेपाली र एक भारतीय नागरिक रहेका छन् ।

कोरोना संक्रमण पुष्टी भएपछि गत वैशाख ८ र ९ गते विराटनगर ल्याइएका १५ जनामा गरिएको स्वाव परीक्षणमा ८ जनामा कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्टेन्ड डा. संगीता मिश्राले जानकारी दिइन् । डिस्चार्ज हुने ८ जनामा दुई पटकसम्म गरिएको स्वाव परीक्षणमा नेगेटिभ रिपोर्ट आएको उनले बताइन् ।

डिस्चार्ज हुनेमा उदयपुरका २० वर्षीय आजाद आलम, १८ वर्षीय मो.इमरान अहमद, १८ वर्षीय परवेश आलम, ४१ वर्षीय मुख्तार मियाँ, ५५ वर्षीया रौशन खातुन विराटनगरका ७२ बर्षीया आइनो मियाँ, ६० वर्षीय इजरायल मियाँ र भारत दिल्लीका २४ वर्षीय मो.आदिल रहेका छन् । यसअघि कोभिड अस्पतालबाट ६ जना भारतीय डिस्चार्ज भएका थिए ।

अस्पतालमा अव १७ जना उपचाररत रहेका छन् । आज डिस्चार्ज भएका ७ जना पुरुषलाई विराटनगर १५ को रानी मरकजमा राखीने र एक महिलालाई त्रियुगा नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाईनमा राखीने सामाजिक विकास मन्त्री घिमिरेले बताए । कोभिड अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई स्थानीय स्तरमा निर्माण गरिएको क्वारेन्टाईनमा पठाईने उनले बताए । मन्त्री घिमिरेले भने,‘ घरमा वस्ने वातावरण हुनेलाई घर नै पठाईने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर