५३ वर्षपछि इटालीलाई युरोकपको उपाधि

खबर पूर्वाञ्चल, २८ असार २०७८, सोमबार ०४:००

विराटनगर/ आयोजक इङल्याण्डलाई पराजित गर्दै इटालीलाई यूरो कप २०२० उपाधि जितेको छ । पेनाल्टी सुटआउटमा इङ्ल्याण्डलाई ३–२ को गोल अन्तरले स्तब्ध पार्दै इटालीले ५३ वषैपछि युरोकपको उपाधि जितेको हो ।

इटलीले युरोकप जितेको यो दोस्रो अवसर हो । यसअघि १९६८ मा इटलीले पहिलोपटक यो उपाधि जितेको थियो । सन् २००० र २०१२ मा भने फाइनल पुगेर इटली पराजित भएको थियो ।

पराजित इङल्याण्डको युरोकपको उपाधि जित्ने सपना समेत चकनाचुर बनेको छ । ५५ वर्ष पछि फाइनलमा पुगेको इङल्याण्ड इटालीसँग पराजित भएसँगै फाइनल जित्ने सपना चकनाचुर भएको हो । लण्डनस्थित वेम्बली रंगशालामा आज विहान निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टी सुटआउटमा इटालियन गोलकिपर डोन्नरुम्माले इङल्याण्डका दुई प्रहारलाई विफल पारेका थिए। इङल्याण्डको एउटा प्रहार भने पोस्टमा लागेको थियो ।

पेनाल्टी सुटआउटमा इटालीका बेलोटीको प्रहारलाई इंग्लिस गोलकिपर पिकफोर्डले विफल पारेका थिए । यस्तै इङल्याण्डका रास्फोर्डको प्रहार भने पोस्टमा लाग्यो । लगत्तै इङल्याण्डका जाडोन सान्चोको प्रहारलाई इटालियन गोलकिपर डोन्नरुम्माले विफल पारे । इटालीका पाँचौ पेनाल््टी हानेका जोर्गिन्होको प्रहारलाई पनि इंग्लिस गोलकिपरले विफल पारे ।

इङल्याण्डका लागि पाँचौ पेनाल्टी प्रहार गरेका बुकायो साकाको प्रहारलाई इटालीलाई गोलकिपर डोन्नरुम्माले छेक्दै आफ्नो टिमलाई विजयी बनाए ।

पेनाल्टी सुटआउटमा इटालीका लागि बेरार्डी, बोनुची र बर्नार्डिचीले गोल गरे। इङल्याण्डका ह्यारी केन र ह्यारी माग्युर मात्र पेनाल्टीमा सफल भए ।

युरो कपमा सन् १९७६ पछि पहिलो पटक उपाधिको टुंगो पेनाल्टी सुटआउटबाट भएको हो ।

यस अघि लुक शाले इङल्याण्डलाई खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । यता, इटलीबाट ६७ मिनेटमा लियोनार्दो बनुचीले बराबरी गोल फर्काएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५