खबर पूर्वाञ्चल
के हो सलह ?

वनावट ?

असर ?

विश्वमा करीव साठि वटा देशहरु सलहको प्रकोपबाट आक्रान्त रहेका छन् । कोरोनाको प्रभावले कृषिजन्य उत्पादनहरु बजारसम्म पुर्याउन नपाएर थलिएका किसानहरुलाई सलहको प्रकोपले थप आतंकित बनाउने निश्चित छ । सलहले एक दिनमा आफ्नो शरीरको तौल बराबरको वनस्पति खाने गर्दछन । यिनीहरुले प्राय जुनसुकै बोट विरुवा जस्तो धान, मकै, कोदो, फापर, गहुँ , जौ, उखु, कपास, केरा, सागसब्जी, फलफुल र विरुवाको पात, फल, फुल, बोक्रा, बिज, हाँगा, काण्डज्यादै द्रुत गतिमा खाइ सफाचट गर्ने गर्दछन् । कृषिजन्य उपजहरु नष्ट गर्ने हुनाले यिनीहरुले कुनै पनि मुलुकमा उल्लेखनीय आर्थिक क्षति गर्ने मात्र नभएर आम मानिसको जीवन यापनमासमेत असर पार्ने गर्दछन् । केन्या, युगाण्डा, सुडान, तान्जिनिया जस्ता पश्चिम अफ्रीकी देशहरुमा सलहको आक्रमण पछि हजारौ हेक्टर जमिनमा लगाएको अन्नको नष्ट भई भोकमरीको अवस्था आइ खाद्य संकटकाल समेत घोषणा गरिएको थियो ।
मानिसलाई जोखिम ?
सलह एक प्रकारको फट्यांग्राभएकाले यसबाट मानिस तथा अन्यजन्तुहरुलाई रोग सार्ने जोखिमन्यून रहेको बताइएको छ ।
संख्या कति ?
एउटा जत्थामा अर्थात् प्रतिकिलोमिटर क्षेत्रफलमा करीव पन्ध्र करोड जति सलह रहने गर्दछन् । एउटा वयस्क सलहको तौल केवल दुई ग्राम जति हुने गर्दछ । तर एउटै झुण्ड १२०० वर्ग किलोमिटरसम्म क्षेत्रमा फैलिएको पाइएको छ । जसमा रहेका अर्बौं सलहको तौल दुई लाख टन सम्म हुने अनुमान गरिएको छ ।
वंश वृद्धि कसरी ?
यिनीहरुको भाले सुरुमा वयस्क हुने र पोथीलाई आकर्षण गर्नका लागी एक विशेष प्रकारको गन्धयुक्त प्रजनन रसायन (फेरोमोंन ) छोड्ने गर्दछ । भाले र पोथी सलहको समागम पछि पोथी सलहले नरम ओसिलो माटोमा आफ्नो पेटको सहायताले सानो तीनदेखि चार सेन्टिमिटर लामो नली आकारको प्वाल बनाई आफ्ना अण्डाहरु पार्दछ । उपयुक्त तापक्रम भएमा करीव दुई हप्ता जतिमा उक्त अण्डाहरु कोरलिएर सलहका बच्चाहरु निस्कने गर्दछन् । जसले तुरुन्त बाली, हरीया झारपात खाने र आफ्नो शरीरको काँचुली फेर्ने गर्दछन् । यिनीहरुको जीवन चक्र तीनदेखि छ महिना लामो हुने गर्दछ ।
दुरी कति तय गर्दछन् ?
यिनीहरु वायु वहने दिशामा एक दिनमा करीव १ सय ५० किलोमिटरसम्म दुरी तय गर्ने गर्दछन् । यिनीहरु समुद्र सतहबाट करीव दुई हजार मिटरमाथिसम्मबाट उड्ने गर्दछन् ।
सधै किन देखिदैनन् ?
सलह फट्याङ्ग्रोकै प्रजाति भएकाले हरीयो वनस्पति, झारपात खाने गर्दछन् । मरुभुमीमा यिनीहरु अण्डाबाट निस्किएर काँचुली फेर्ने र वयस्क हुने गर्दछन् । यस्तो शारीरिक परिवर्तन हुने समयमा यिनीहरुलाई अत्याधिक मात्रामा खाने कुराको आवस्क्यता पर्ने गर्दछ । जुनमरुभुमीमा सधै उपलव्ध हुदैन । तर कहिले काही पानी परेको अवस्थामा मरुभुमीमाझारपात बढी उम्रने गर्दछ त्यो बेलामा यी अपरिपक्व अवस्थामा रहेका सलहहरु काँचुली फेर्दै लामा पखेटा युक्त वयस्क सलहमा रुपान्तरित भई लाखौंको झुण्ड बनाइ आकाशै ढाँकुँलाझैंैँ गरी खानाको खोजीमा लामो दुरी तय गर्ने गर्दछन् ।
नियन्त्रण कसरी ?
एक वर्षमा दुईदेखि पाँच पटकसम्म वंशवृद्धि गर्ने र छिटो छिटो एक ठाउँबाट अर्को ठाउँ सर्ने भनेकाले सलहहरुलाई सहजै नियन्त्रण गर्न सकिदैन । यिनीहरुलाई नियन्त्रण गर्न भारतमा ड्रोंनको प्रयोग गरी ‘अर्गानोफस्फेट’ समुहको रासायनिक विषादी प्रयोग गरिएको थियो ।
भारतमा यिनीहरुलाई भगाउन भाँडा कुँडा ठटाउने, माइकबाट ठुलो आवाज निकाल्ने, तथा झुलको प्रयोग गरी करेसा बारीको बालिनाली छोप्ने जस्ता उपाय अपनाइएको थियो । जैविक नियन्त्रण अन्तर्गत सलहका प्राकृतिक शत्रुहरु जस्तै बारुलो, चरा, छेपारा, बिरालो आदिले यिनीहरुलाई आफ्नो आहार बनाइ केहि नियन्त्रणमा सघाउ पुर्याउँने गर्दछन् । मौसमको अनुमान गरी यिनिगरुको वंश वृद्धिको समय पूर्वानुमान गरी सतर्क रहन सकिन्छ । जैविक किटनाशकहरु जस्तै कतिपय ढुसी, ब्याक्टेरिया, नीम तथा यिनीहरुलाई झुक्याउने किसिमका हर्मोन (फेरोमोंन)को प्रयोग पनि प्रभावकारी हुने गदर्छ ।
मिलन खरेल
जीव विज्ञान विभाग
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय प्रविधि क्याम्पस, धरान [email protected]