ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ओखलढुंगा प्रहरीलाई सफलता, प्रदेश प्रहरीले दिएको लक्ष्य भन्दा बढी फरार प्रतिवादी पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० माघ २०८१, आईतवार ०७:४९
72
Shares
विराटनगर / जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले लक्ष्य भन्दा बढी फरार प्रतिवादी पक्राउ गरी कानुनी दायरमा ल्याउन सफल भएको छ ।

चालु आर्थिक वर्षको पाँच महिनामा ओखलुढंगा प्रहरीले ६० जना फरार प्रतिवादी पक्राउ गरि अदालतमा उपस्थिती गराएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विरानगरका कार्यालय प्रमुख डिआइजी राजन अधिकारी र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका कार्यालय प्रमुख डिएसपी कृष्ण खड्काबीच आर्थिक वर्ष २०८१/०८२ को लागि भएको कार्यसम्पादन संझौता बमोजिम ५९ जना फरार प्रतिवादीहरु पक्राउ गर्नुपर्ने बार्षिक लक्ष्य दिएको थियो । प्रदेश प्रहरीले दिएको लक्ष्य भन्दा एक जना बढी त्यो पनि पाँच महिनामा ६० जना पक्राउ गर्न सफल भएको डिएसपी खड्काले बताए ।

पक्राउ परेका फरार प्रतिवादीहरु मध्ये गाली बेईज्जती मुद्धाका ६, कुटपिट ५, बालयौन दुरुपयोग २, अभद्र व्यबहार – २२, हाडनाता करणी १, चोरी २, कर्तव्य ज्यान २, केही सार्वजनिक अपराध २, बाली लटुपिट ४ , सवारी ज्यान २ जना फरार प्रतिवादी फक्राउ गरेको हो । त्यसैगरी कुटपिट लुटपिट २, लुटपिट २, जवरजस्ती करणी उधोग १, लिखित बदर १, बैकिङ कसुर १, लिखित बेईजती १, नक्कली प्रमाण पत्र ९भष्टचार० १, बन पैदावार हानि–नोक्सानी १, वहु–विवाह १ गरी जम्मा १९ वटा कसुर (मुद्धा) का प्रतिवादीहरु पक्राउ गरिएको डिएसपी खड्काले बताए ।

फरार प्रतिवादीहरु ओखलढुंगा जिल्ला अन्तर्गत तथा काठमाण्डौ समेतबाट पक्राउ गरी अदालत समक्ष पेश गरिएको प्रहरीले जनाएको छ ।

फरार प्रतिवादीहरु मध्ये मोलुङ गाउँपालिका ६ बस्ने हाडनाता जबरजस्ती करणी मुद्धामा १० बर्ष १ महिमा २२ दिन कैद सजाय र ३ लाख ३० हजार रुपैयाँ जरिवाना भएका फरार प्रतिवादी समेतलाई पक्राउ गरी पेश गरिएको थियो । सवै पक्राउ परेका फरार प्रतिवादीहरुबाट जम्मा ४७ बर्ष ४ महिना ७ दिन कैद सजाय र ८ लाख ९५ हजार ७६६ रुपैयाँ जरिवाना असुल गरिएको छ ।

जिल्लामा समग्र शान्ति सुरक्षा कायम राखेर अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानमा प्रहरी परिचालन हुदै कानून प्रतिको आडभरोसा कायम राख्न र पीडितलाई न्यायको अनुभुति दिलाउन लागि परेको डिएसपी खड्काले बताए । ‘

पिडक पक्षलाई कानूनवाट भाग्न वा वच्न सकिदैन भन्ने डर पैदा गर्न संचालित फरार अभियुक्त पक्राउ अभियानलाई मोरङ प्रहरीले प्राथमिकतामा राखी काम गर्दै आईरहेको छ,’ डिएसपी खड्काले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर