animated ellipse animated ellipse

ऐन , नियमावली, कार्यविधि अनुसार कार्य गरेमा अख्तियारले दण्डिन होइन पुरस्कृत गर्छ : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ मंसिर २०८०, शनिबार १८:०९
99
Shares
विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनप्रतिनिधि र कर्मचारीहरुले लाभ र प्रभावमा नपरी कार्य गर्नु पर्ने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले आज विराटनगरमा आयोजित भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस सम्वन्धी कार्यक्रमको उद्घाटन गर्दै उनले बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले ऐन , नियमावली, कार्यविधि अनुसार कार्य गरेमा अख्तियारले दण्डिन होइन पुरस्कृत गर्ने बताए । उनले संविधानले दिएको अधिकार प्रयोग गर्दै स्थानीय तह वीच सुशासन कायम गर्ने तर्फ प्रतिस्पर्धामा लाग्न समेत आग्रह गरे ।

मुख्यमन्त्री कार्कीले राज्यका सबै अङ्ग एक अर्काका पुरक हुन, यी दुःख दिने होइन सहजता प्रदान गर्ने हो भन्दै आयोग अपराधीका लागि कठोर हो भने असल नियतले कार्य गर्नेका लागि पवित्र नदी गंगा रहेको बताए । उनले तोकिएको भन्दा कम रकममा टेण्डर सम्झौता गरि काम नगर्ने कार्य भ्रष्टाचार भएकोले प्रदेश सरकारले यस कार्यलाई कुनै किसिमको छुट नदिने बताए ।

प्रदेशका प्रमुख सचिव डा. दिपक काफेलेले सरकारका सबै अङ्गहरुले भ्रष्टाचार विरुद्धमा लाग्नु पर्ने बताए । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले अख्तियारबाट ज्यादा पीडित स्थानीय तह भएकोले उजुरी उपर अनुसन्धान छिटो दुङ्गाउन सुझाव दिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, बर्जु गाउँपालिकाका अध्यक्ष जिवछ कुमार रायले भ्रष्टाचार नियन्त्रण लागि आआफ्नो क्षेत्रबाट लाग्नु पर्नेमा जोड दिए । आयोगका इटहरी प्रमुख सुरेश न्यौपानेले मुलुकमा भ्रष्टाचारको अवस्था र नियन्त्रण विषयक कार्यपत्र प्रस्तुत गर्दै सबैभन्दा वढी स्थानीय तहमा ३५ दशमलव १० प्रतिशत उजुरी आएको जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर