AArya
RUMPUM
animated ellipse animated ellipse

ओजोन तहको संरक्षण गर्न शिक्षादीपमा निबन्ध प्रतियोगिता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ भाद्र २०८०, सोमबार १५:५५
558
Shares
विराटनगर / विराटनगरस्थित शिक्षादीप कलेजमा विज्ञान संकाय अध्ययरत विद्यार्थीहरूको लागि निबन्धन प्रतियोगिता आयोजना गरेको छ ।

ओजोन तह विनाश र यसको संरक्षणका उपायहरू सम्बन्धी निवन्ध प्रतियोगिता कलेज परिसरमा आज आयोजना गरिएको हो ।

प्रतियोगितामा विज्ञान संकायमा अध्ययरत कक्षा ११ र १२ का ८० जना विद्यार्थीहरुले भाग लिएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । विज्ञान संकाय अध्ययन गर्दै आएका विद्यार्थीहरुले कलेजको कक्षा कोठामा निश्चित समयसीमा भित्रमा ओजोन तह विनाश र यसको संरक्षणका उपायहरुको बारेमा निबन्ध लेख्नेछन् ।

प्रतियोगितामा भाग लिएका मध्ये उत्कृष्ट हुने विद्यार्थीलाई कलेजले पुरस्कृत गर्ने निवन्ध प्रतियोगिताको संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए । उत्कृष्ट हुने विद्यार्थीहरुलाई कलेजले विज्ञान दिवसको दिन भव्य कार्यक्रम आयोजना गरि पुरस्कृत गर्ने विज्ञान संकायका संयोजक नवीन कुमार रायले बताए ।

विद्यार्थीहरूमा भएको प्रतिभा उजार गर्दै विद्यार्थीलाई अध्ययनशिलसँगै निवन्ध लेख्न उत्प्रेरणा जोगाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको कलेजका प्रिन्सिपल खड्काले बताए ।ओजोन तह संरक्षण गर्न सबैभन्दा प्रभावकारी उपाय यसबाट पर्ने नकारात्मक असरहरुको बारेमा विश्व समुदायमा चेतना जगाउनु पर्ने उनले बताए ।

गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको शिक्षादीप कलेजमा अध्ययनबाहेक अतिरिक्त क्रियाकलपहरूमा पनि जोड दिदै आएको छ । यसरी अतिरिक्ति क्रियाकलप गर्नुले विद्यार्थीहरुको क्षमता अभिवृद्धी हुने कलेजका निर्देशक भुपेन्द्र दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर