RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ का प्रदेश प्रमुख प्यासीलाई कोरोना भाइरसको संक्रमण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ मंसिर २०७७, शनिबार १७:४६
405
Shares
विराटनगर / प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कोरोनाको सामान्य लक्षण देखिएपछि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा शुक्रबार बिहान स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार राति प्राप्त रिपोर्टमा ७२ वर्षीय प्रदेश प्रमुख अघिकारीलाई कोरोना संक्रमण देखिएको उनका स्वकीय सचिव प्रतिक ढकालले जानकारी दिए । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेकाले होम आइसोलेसनमै बस्नुभएको सचिबालयले जनाएको छ ।

प्रदेश प्रमुख अधिकारीसँगै उनकी ६४ वर्षीया श्रीमती जानुका र एक सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ । यसअघि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की र सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर