खबर पूर्वाञ्चल
फाउण्डेसनको उदेश्य प्राप्तीका लागि गिरिजाप्रसाद कोइराला फाउण्डेसन युवा कार्यदल गठन गरिएको हो । फाउण्डेसन केन्द्रीय अध्यक्ष सुजाता कोइरालाको निर्देशनमा कार्यदल गठन भएको हो । आज एक अनौपचारिक कार्यक्रमका बीच गठित कार्यदलको संयोजकमा अंकित पोख्रेल ,सह संयोजकहरु रोशिका अधिकारी, साइच्छा थापा ,लोकेश पोख्रेल ,सविन भट्टराई ,सचिव डेनिस सापकोटा ,सह–सचिव अस्मी रेग्मी,कोषाध्यक्ष सरोजकुमार खनाल रहेका छन् ।
यस्तै सदस्यहरुमा अनिसा पासवान,एनिस आचार्य,स्वरुप खनाल,सुवेन्द्र धमला,पूर्णिका सिंह र श्रीयम पोख्रेल रहेका छन् । यस्तै फाउण्डेसनले गिरिजाप्रसाद कोइरालाको ९६ औ जन्मजयन्तीको अवसरमा असार १७ गते विविध कार्यक्रम गर्ने निर्णय गरेको छ । बाढी प्रभावित क्षेत्रमा राहत बितरण र बुधवार साँझ दीप प्रज्वललन गर्ने निर्णय समेत गरेको छ ।
कार्यक्रममा बोल्दै फाउण्डेसन मोरङका अध्यक्ष कौशल निरौलाले सामाजिक संस्थाको भूमिका निर्वाह गर्दै आएको फाउण्डेसनको उदेश्य प्राप्तिका लागि युवाहरुको कार्यदल बनाएको बताए । उनले हरेक सामाजिक कार्यमा फाउण्डेसनले काम गर्ने बताए ।