animated ellipse animated ellipse

प्रहरी दिवसमा विराटनगरमा वृहत स्वास्थ्य शिविर हुँदै, एकै ठाउँमा सम्पूर्ण सेवा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ आश्विन २०७८, बुधबार १६:०३
918
Shares
विराटनगर / ६६ औं प्रहरी दिवसको अवसर पारेर विराटनगरमा वृहत निः शुल्क स्वास्थ्य शिविर हुने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा आइतबार विहान विराटनगर बसपार्कमा वृहत रूपमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने भएको हो ।

प्रहरी दिवसको अवसर पारेर एउटा छानामुनी सम्पूर्ण उपचार सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । शिविरमा विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष रूपमा उपस्थित भएर विरामीको स्वास्थ्य परीक्षण गरिने भएको छ । नोबेल मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरू आएर शिविरमा विरामीको उपचार गर्नेछन् ।

एक दिने शिविरमा स्त्री तथा प्रसूती रोग, बालरोग, हार्डजोर्नी, छाला रोग, नाक, कान, घाँटी, दन्त रोग, आँखा, छाला, मानसीक रोगको उपचार गर्ने विशेषज्ञ चिकित्सकहरू उपचार गर्नेछन् । यस्तै शविरमा सर्जरीका चिकित्सकको पनि सहभागि हुनेछ । ‘एउटै छानामूनी सम्पूर्ण उपचार सेवा प्रदाने गर्ने उद्देश्यले प्रहरी दिवसमा सामाजिक कार्यक्रम आयोजना गरिएको हो,’ मोरङ ट्राफिकका प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक खड्काले भने, ‘शिविरमा सम्पूर्ण क्षेत्रका विरामी यहाँ आएर सेवा लिन सक्नुहुनेछ ।’ शिविरमा आएर चिकित्सकले परीक्षण गरे अनुसारको औषधी पनि विरामीलाई निःशुल्क प्रदान गरिने भएको छ । त्यसको लागि नेपाल औषधी व्यवसायी संघ मोरङले शिविरमा आवश्यक पर्ने सम्पूर्ण औषधी प्रदान गर्नेछ ।

यस्तै शिविरमा ल्याबका सेवा पनि उपलब्ध हुने भएको छ । चिकित्सकले शिविरमा आएका विरामीको स्वास्थ्य परीक्षण गरेपछि विरामीको स्वास्थ्य परीक्षण गरिनुपरेको खण्डमा ल्याब परीक्षण पनि हुने भएको छ ।

१ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी अरूणकुमार बिसीले उद्घाटन गर्ने शिविरमा मोरङ नेपाल यातायत व्यवसायी महासंघ मोरङ, यातायत मजदुर संघ तथा संगठन, नोबेल मेडिकल कलेज औषधी व्यवसायी संघ मोरङले समन्वय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर