animated ellipse animated ellipse

बीए एलएलबी पहिलो वर्षका विद्यार्थीहरूको स्वागत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ बैशाख २०८१, शनिबार २०:२५
873
Shares
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय, कलेज अफ ल को बीए एलएलबी पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई द्वीतिय वर्षका विद्यार्थीहरूले स्वागत गरेका छन् ।

आज क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी पहिलो वर्षका विद्यार्थीहरूलाई स्वागत गरिएको हो ।
पहिलो वर्षको कक्षा गत मंसिरमै शुरू भएपनि त्यो समयमा द्वीतिय वर्षको परीक्षा नजिकिएका कारण विद्यार्थीहरूलाई स्वागत गर्न ढिलाई भएको द्वीतिय वर्षका विद्यार्थीहरूको भनाइ छ ।

पहिलो वर्षका विद्यार्थीहरूलाई स्वागत गर्ने क्रममा विद्यार्थीहरूले कविता, गजल, गीत, मुक्तक, नृत्य, फेसन शो र नाटक प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले कविता, मुक्तक, नाटकको माध्यमद्वारा समसामयिक राजनीतिका साथै विद्यमान विकृति र विसङ्गतीका विषयमा कटाक्ष गरेका थिए ।

बीए एलएलबी पहिलो वर्षमा भर्ना हुनु न्याय क्षेत्रमा प्रवेश हुनु हो भन्दै जिल्ला न्यायाधिश पारशमणी पोखरेलले विद्यार्थीहरूलाई न्याय क्षेत्रमा स्वागत गर्नुभयो । अहिलेको इन्टरनेटको पुस्ता इन्टरनेटको लत पर्ने, इन्टरनेटको लतले निराशा (डिप्रेसन) बढाएको भन्दै न्यायाधिश पोखरेलले यसबाट जोगिन विद्यार्थीहरूलाई सुझाव दिए।

कानून र न्याय क्षेत्रमा अथाह सम्भावना रहेको विषयमा चर्चा गर्दै न्यायाधिश पोखरेलले आफूलाई जस्तोसुकै प्रतिस्पर्धामा पनि खरो रुपमा उत्रिन सक्नेगरी विकास गर्न विद्यार्थीहरूलाई सुझाव दिए।

पूर्वाञ्चल विश्वविद्यालय कला, शिक्षा तथा कानून सङ्कायका डीन प्रा. डा. अनिल कुमार पोखरेल, क्याम्पस प्रमुख महेशप्रसाद निरौला, उपप्राध्यापकद्वय नीता प्याकुरेल, दुर्गाप्रसाद बास्तोला, प्रशासन प्रमुख राजकुमार बास्तोलाले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गगरे। कलेज अफ लले स्नातक तहका बीए एलएलबी र एलएलबी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर