विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचनाको हकले मुलुकको शासन प्रणालीलाई पारदर्शी बनाउने बताएका छन् ।
राष्ट्रिय सूचना आयोग काठमाण्डौद्वारा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले सूचनाको हकले मुलुकमा सुशासन कायम गर्नुका साथै राष्ट्रले तय गरेका रणनीतिक लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने बताए ।
मुख्यमन्त्री कार्कीले संविधानले प्रत्याभूत गरेको सूचनाको हकको पहँुच आम जनतासम्म प्रभावकारी ढङ्गले पु¥याउन आयोगको महत्वपूर्ण भूमिका रहने बताए । उनले तीन तहका सरकारका कार्यालयहरुले व्यवस्थित रुपमा सूचना हक सम्बन्धी कार्य गरेमा वान्छित सफलता प्राप्त गर्न सकिने बताए ।
मुख्यमन्त्री कार्कीले भने,‘ लोकतान्त्रिक शासन प्रणालीको महत्वपूर्ण कार्य भनेको सरकारले गरेका कामहरुको सूचना नागरिकले सहज र सरल रुपमा प्राप्त गर्नु हो’ । उनले प्रदेश सरकार अन्तर्गतका सम्पूर्ण कार्यालयमा सूचना अधिकारी नियुक्त गरिएको जानकारी दिँदै प्राप्त सूचनाको गलत दुरुपयोग गर्ने कार्यलाई कानुनी कारवाही गर्ने व्यवस्था रहेको विचार राखे ।