animated ellipse animated ellipse

एमालेले बुझायो वडा कार्यालयमा २० बुद्धे ध्यानाकर्षण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० जेष्ठ २०८१, बुधबार १८:४५
90
Shares
विराटनगर / विराटनगर महानगरपालिका १२ नं. वडा कार्यालयमा वेथीति बढेको आरोप लगाउँदै नेकपा एमाले १२ नं. वडा कार्यालयले ध्यानाकर्षण पत्र बुझाएको छ ।

विभिन्न २० बुद्धे ध्यानाकर्षण पत्र वडा कार्यालयमा आज बुझाएका हुन् ।

नेकपा एमाले १२ नं. वडाका अध्यक्ष भानुभक्त पाठक र सचिब अजय ढकालसहित सहभागि भएका स्थानीयले विराटनगर १२ का वडाअध्यक्ष हिरालाल कामतलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरुले बुझाएको पत्रमा वडाअध्यक्ष कामत कार्यालय समयसम्म नबस्दा सेवाग्राहीले सेवाबाट बन्चित हुनुपरेको भन्दै समयसम्म बस्न माग गरेका छन् । त्यसैगरी युवा, खेलकुद, विपद व्यवस्थापन जस्ता शिक्षकमा छुटयाएको रकम के कति कारण र कुन निर्णयका आधारमा रकमान्तर गरिएको हो तत्काल सार्वजानिक गरिनुपर्ने, सेवाग्राही वडाबासीहरुले कार्यालयबाट चुस्त र दुरुस्त सेवा नपाएको भन्दै गुनासो आएकाले कार्यालय व्यवस्थित ढंगले संचालन गरिनुपर्नेलागयतका विभिन्न माग राख्दै ध्यानकर्षण गराएको सचिब अजय ढकालले बताए ।

ध्यानकर्षण पत्रको बोधार्थ विराटनगर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय मोरङमा पनि पठाएको छ ।
यता वडाअध्यक्ष कामतले वडाको काम लिएर महानगरपालिका र बाहिर जाँदा वडा सदस्यलाई कावा दिएर जाने गरेको बताए । सेवाग्राहीलाई सहजता प्रदानको गर्नको लागि आफु नहुदा सदस्यलाई कावा दिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर