RUMPUM
animated ellipse animated ellipse

मिमलको ‘युगको तटमा उभिएर’ कविता संग्रहमाथि विमर्श

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ माघ २०८०, सोमबार १९:३७
180
Shares
विराटनगर / कवि विमल वैद्यको नवीनतम् कृति ‘युगको तटमा उभिएर’ कवितासंग्रहमाथि आज विराटनगरमा विमर्श गरिएको छ ।

बबरसिंह–देवकुमारी थापा सेवा गुठीले आयोजना गरेको कार्यक्रममा ‘युगको तटमा उभिएर’ कविता संग्रहमाथि विमर्श गरिएको हो । अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कवि मनु मञ्जिल, सीमा आभास र समीक्षक दिनेश श्रेष्ठले संग्रहका विषयमा चर्चा गरे । उनीहरुले संग्रहले समसामयिक विषयलाई सशक्त रुपमा उठान गरेको बताए ।

कार्यक्रममा कवि देवान किराँती, सविता गौतम दाहाल, शुभलक्ष्मी लम्साल, टीका आत्रेय, मीनकुमार नवोदित, दीपक सम्चू र दीपा दाहालले संग्रहभित्रका कविता वाचन गरे । पेज टर्नर प्रालि काठमाडौंले प्रकाशन गरेको सो संग्रहभित्र ३८ वटा कविताहरू संग्रहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर