animated ellipse animated ellipse

मधेस लोकतन्त्रको हकदार हो, नेताको बफादार होइन : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ पुष २०८०, शुक्रबार १८:१५
153
Shares
बारा / कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मधेस लोकतन्त्रको हकदार रहेको बताएका छन् ।

मधेस प्रदेशयात्रामा रहेका मुख्यमन्त्री कार्कीले सप्तरीदेखि पर्सा जिल्लासम्ममा भेटेका स्थानीयवासी, राजनीतिक नेतृत्व, शुभचिन्तक, समर्थक लगायतका व्यक्तिसँगको भेटघाटमा संघीय लोकतान्त्रिक गणतन्त्र मधेसको पूँजी रहेको उल्लेख गरेका हुन् ।

उनले युवा पुस्ताको विचारलाई स्थापित गराउनु आफूहरू सबैको दायित्वभएको बताएका छन् । ‘हामी नेताको बफादार भयौँ तर हाम्रो पालोमा कोही भएन त्यसैले अब हाम्रो विचारको पुस्तालाई स्थापित गराउनु हामी सबैको दायित्व हो ।’ उनले भने, ‘लाइक र कमेन्टका लागि पार्टी बैठकमा हस्ताक्षर गर्ने तर बैठकबाट बाहिर आएर नोट अफ डिसेन्ट लेखेको भ्रम फैलाउने आफैले आफैलाई युवा नेताको उपाधीधारण गर्नेहरूबाट सचेत रहनु आवश्यक छ ।’

मधेस प्रदेशका अधिकांश जिल्ला वासी शिक्षा, स्वास्थ्य उपचार, सुरक्षित बसोबासकालागि कोशी प्रदेशमा समेत रहेकाले उनीहरूलाई जस्तो सुकै अप्ठ्यारोमा साथ र सहयोग गर्ने प्रतिबद्धता मुख्यमन्त्री कार्कीले जनाएका छन् । प्रदेशलाई अधिकार सम्पन्न बनाउन र प्रदेशको अ‍ौचित्य सिद्ध गर्न संविधानको पूर्ण कार्यान्वयनकालागि समन्वय र सङ्घर्ष सुरु गरेको उल्लेख गर्दै कार्यकर्तामाझ पार्टी बैठकको निर्णयमा भित्र हस्ताक्षर गरेर बाहिर नोट अफ डिसेन्ट लेखेको भनेर झुटको खेती गर्नेको पछाडि नलाग्न आग्रह गरे ।

उनले भने, ‘पार्टीलाई कमजोर हुन नदिनकालागि नै कारबाहीको डर नराखी पार्टीमा संविधान अनुसार विद्रोह गरेर मुख्य मन्त्रीभएको हो । संविधानको पूर्ण कार्यान्वयनकालागि समन्वय र सङ्घर्ष सुरु गरिएको छ ।’जसकालागि सातै प्रदेशका मुख्यमन्त्रीहरुले वाग्मती प्रदेशको राजधानी हेटौँडामा सङ्घीय सरकारसँग संविधान बमोजिम अधिकार प्रत्यायोजनको लागि दबाबमूलक माग गर्दै छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर