AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बाजागाजासहित रोपाईंमा रमाए एभरेष्टका विद्यार्थी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ असार २०८१, शनिबार १८:५०
144
Shares
विराटनगर / आज असार १५ गते अर्थात राष्ट्रिय धान दिवस । नेपालको प्रमुख अन्न बालीको रुपमा रहेको धान उत्पादनलाई महत्व दिँदै सरकारले आजको दिनलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउँदै आएको छ ।

यहि दिवसको अवसरमा विराटनगर– ५ स्थित एभरेष्ट स्कुलले हरेक वर्ष आफ्ना विद्यार्थीलाई खेतमा लगेर रोपाईमा सहभागि गराउँदै आएको छ । यस वर्ष पनि विराटनगर महानगरपालिका नजिकै रहेको ग्राम थानको झोराहाटमा बाजागाजासहित विद्यार्थीहरुलाई लगेर आफ्नो संस्कृति र परम्परालाई बुझाउने प्रयास गरेको छ । रोपाईका बेला गरिने हरेक कृयाकलापमा सहभागि हुँदै विद्यार्थीहरुले हिलो खेलेर मनोरञ्जन समेत गरेका छन् ।

साहित्यकार तथा कलाकार भरत गुरागाईंको संयोजनमा एभरेष्टका कक्षा १० का सम्पूर्ण विद्यार्थीलाई रोपाईमा सहभागि गराएको विद्यालयका भाइस प्रिन्सिपल नारायण कडरियाले बताए। यस्तै रोपाई सकेर विद्यार्थीहरुलाई दही चिउरा खाने संस्कृतिमा समेत सहभागि गराइयो ।

विद्यार्थीहरुलाई शैक्षिक ज्ञानसँगै हाम्रा असल संस्कृति र परम्परालाई पनि बुझाउनुपर्छ भन्दै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले भन्नुभयो,‘कृषिप्रधान हाम्रो देशका लागि त यस्ता दिवसहरूको महत्व हुन्छ, त्यो महत्व विद्यार्थीलाई बुझाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर