AArya
RUMPUM
animated ellipse animated ellipse

सुनसरीको देवानगन्जमा गोली चल्यो , एक जना घाइते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ आश्विन २०८३, शनिबार १९:०३
3
Shares

विराटनगर /  सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा आज साँझ गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् ।

गोली लागेर एक जना घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको सुनसरीका एसपी पुष्प मल्लले जनाए । ‘केहीबेरअघि गोली चलेको खबर आएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको छ, गोली लागेर १ जना घाइते भएको खबर छ’, एसपी मल्लले भने । गोली के कारणले चलेको भन्ने पनि नखुलेको नखुलेको उनले बताए ।

‎घटनामा संलग्न भएको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  गोली लागेर घाइते भएका युवालाई अस्पताल लगिएको छ । उनलाई विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको हो । घाइते भएका युवकको तिघ्रामा गोली लागेको छ । घाइतेको नाम भने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर