AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न प्रधानमन्त्रीको निर्देशन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ आश्विन २०८०, आईतवार १७:३६
99
Shares
काठमाण्डौ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री प्रचण्डले चाडबाडको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि नगर्न निगमका पदाधिकारीलाई बोलाएर निर्देशन दिएपछि सञ्चालक समितिले मूल्य यथावत् राख्ने निर्णय गरेको हो।

प्रधानमन्त्रीको निर्देशन लगत्तै निगमले विज्ञप्ति जारी गर्दै मूल्य फिर्ता लिएकोबारे जानकारी गराएको छ ।

निगमले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,‘प्रधानमन्त्रीको निर्देशन बमोजिम स्वचालित मूल्य प्रणाली यथावत् हुनेगरी हाल भएको मृल्य वृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्नेगरी मूल्यवृद्धि गर्ने निर्णय आजै राजराति १२ बजेबाट लागू हुनेगरी फिर्ता लिएको व्यहोरा जानकारी गराइन्छ।’

हिजो मात्रै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मृल्य वृद्धि गरेको थियो। पेट्रोलमा प्रतिलिटर २, डिजेलमा र मट्टितेलमा ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाएको हो। यस्तै हवाई आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर