पूर्वाञ्चल खबर
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले आगामी मंसिर १० गते विवाह गर्ने तयारी गरेका हुन् ।
विवाहको तयारी ढकालको विराटनगर–३, दूधफारमस्थित घरमा सुरु भएको छ । आज उनको घरमा नान्यमुखी श्राद्ध र ग्रह पूजा गरिएको छ । विवाहको मिति तय भए पनि निमन्त्रणा कार्ड छपाइलगायतका काम बाँकी रहेको ढकालले बताएका छन् ।
विवाह समारोह झापाको मंगलबारेस्थित डाँगीका आफन्तको घरमा आयोजना गर्ने तयारी छ । डाँगीको आफ्नै घर भाडामा रहेकाले आफन्तको घरबाट विवाह गर्ने तय भएको पारिवारिक स्रोतले जनाएको छ ।
ढकाल र डाँगीको सम्बन्ध यसअघि पनि राजनीतिक वृत्तमा चर्चामा आएको थियो । २०८१ सालमा पार्टीको केन्द्रीय समिति बैठकमै ढकालले आफ्नो प्रेम सम्बन्धलाई लिएर टिप्पणी भएको भन्दै असन्तुष्टि जनाएका थिए । त्यसपछि उनीहरूको सम्बन्धबारे विभिन्न समयमा सार्वजनिक रूपमा चर्चा हुँदै आएको थियो ।
ढकाल रास्वपाका संस्थापक महामन्त्री तथा प्रवक्ता थिए । पार्टी नेतृत्वसँगको विवादपछि उनी पार्टीबाट निष्कासित भएका थिए । डाँगी भने रास्वपाकी नेतृ तथा प्रतिनिधिसभा सदस्य हुन् ।