पूर्वाञ्चल खबर
विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेको पहलमा विराटनगरका आधा दर्जन विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
विराटनगर–११ स्थित ज्येष्ठ नागरिक सामुदायिक भवनमा आयोजित कार्यक्रममा सत्यनारायण माविकी सजना मेहता, कल्याणीकुमारी मण्डल, मिल्स माविकी आँचलकुमारी डोम, पिंकी साह, विकेभिएमकी रविना तिम्सिना, पोखरिया माविकी आकृति राई, एलेन चौधरी, जनपथ माविकी दीक्षा सिवा र सोही विद्यालयको बाल क्लबलाई छात्रवृत्तिको रकम हस्तान्तरण गरिएको थियो ।
त्यस्तै सुनसरीको भीमपुरस्थित रामसीता माविकी अञ्जलीकुमारी राय र जेनिसा गेलाललाई पनि छात्रवृत्ति हस्तान्तरण गरिएको थियो । कार्यक्रममा शिक्षा समन्वय समिति मोरङका प्रमुख टंकनाथ गौतम, वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, पत्रकार माधव अधिकारी, समाजसेवी ललित श्रेष्ठ, पदमकुमार श्रेष्ठ, युवा नेता सञ्जय नेपाललगायतले छात्रवृत्ति हस्तान्तरण गरे ।
अमेरिकी नागरिक साहेन कप्लन र अमेरिका निवासी आयुष नेपाल र रेहेना नेपालले उपलब्ध गराएको रकमबाट जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको वडाध्यक्ष न्यौपानेले बताए । कार्यक्रममा शिक्षा समितिका प्रमुख न्यौपानेले छात्रवृत्तिले विद्यार्थीको अध्ययनलाई थप सहज हुने बताए ।