पूर्वाञ्चल खबर


शिक्षादीप कलेज विज्ञान संकायको अध्यापन र नतिजामा प्रदेशकै ‘मोडल’ कलेजका रूपमा स्थापित छ । यहाँ अध्ययन गरेका विद्यार्थीहरूले हरेक वर्ष चिकित्सा मेडिकल र इन्जिनियरिङतर्फका प्रवेश परीक्षामा मुलुकभरमै उत्कृष्ट नतिजा निकाल्दै पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भइरहेका छन् । यही ऐतिहासिक सफलता र कलेजको कडा अनुशासन नै विद्यार्थी आकर्षणको मुख्य कडी बनेको छ ।
निर्देशक दाहालले थपे, “हामी केवल कक्षाकोठाको पठनपाठनमा मात्र सीमित छैनौँ, विद्यार्थीलाई भविष्यको डाक्टर वा इन्जिनियर बनाउन आवश्यक पर्ने जग नै यहाँ निर्माण गर्छौं । कलेजको भौतिक पूर्वाधार र दक्ष प्राध्यापकहरूको मेहनतले नै शिक्षादीपलाई यो उचाइमा पुर्याएको हो ।”
विद्यार्थीको बढ्दो चापलाई ध्यानमा राख्दै कलेजले अत्याधुनिक प्रयोगशाला, प्रविधिमैत्री कक्षाकोठा र शैक्षिक वातावरणमा विशेष लगानी गरेको जनाएको छ । आज सम्पन्न प्रवेश परीक्षाको नतिजा योग्यताक्रमका आधारमा छिट्टै प्रकाशन गरी भर्ना प्रक्रिया अगाडि बढाइने कलेज प्रशासनले जानकारी दिएको छ ।