शिद्वेश्वर सेवा समाज मन्दिरको शिलान्यास

खबर पूर्वाञ्चल, २४ जेष्ठ २०७७, शनिबार १५:४४

विराटनगर/विराटनगर ३ मा निर्माण गरिने शिद्धेश्वर सेवा समाज मन्दिरको शिलान्यास गरिएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आज शिलान्यास गरेका हुन् ।

प्रदेश निर्वाचन क्षेत्र विकास कोषबाट विनियोजित रकमबाट मन्दिर निर्माण गर्न लागिएको हो । कोषबाट मन्दिरलाई १० लाख विनियोजन गरिएको छ । निर्वाचन क्षेत्र विकास कोषबाट विराटनगर १ को विष्णुमाया पुस्तकालय सामुदायिक भवन निर्माणका लागि सहयोग गरिएको छ । सामुदायिक भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कोषबाट सामुदायिक भवनका लागि १५ लाख विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५