प्रदेश १ बाट अन्तरर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीलाई सम्मान गर्ने

खबर पूर्वाञ्चल, १७ असार २०७९, शुक्रबार १७:४९
918
Shares
विराटनगर / प्रदेश १ खेलकुद विकास बोर्डले प्रदेश १ बाट अन्तरर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीलाई सम्मान गर्ने भएको छ ।

प्रदेश १ बाट ओलम्पिक, एसियन र साफ गेम्समा सहभागी खेलाडीलाई असार १९ गते विराटनगरमा सम्मान गर्ने भएको हो ।

बोर्डका सदस्य सचिव हंशराज वाग्लेले आज विराटनगरमा पत्रकार सम्मेलको आयोजना गरि प्रदेश १ बाट अन्तरर्राष्ट्रिय प्रतियोगितामा सहभागि पूर्व तथा वर्तमान खेलाडीको योगदानको कदर गर्दै सम्मान गर्ने बताए । सम्मानमा ओल्पिकमा सहभागी ९, एसियन गेम्स खेलेका ३६ र साफ गेम्समा सहभागी १५० खेलाडीलाई सम्मान गरिने उनले बताए ।

२०३० सालयता अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीलाई सम्मान गरिनेछ । उनीहरुलाई प्रदेश १ मा मुख्यमन्त्री राजेन्द्रकुमार राईलगायतले सम्मान गर्ने जनाएको छ ।

खेलाडी सम्मान कार्यक्रममा नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज र बोर्डबीच पाँच वर्ष निशुल्क उपचारका लागि सम्झौता गरिनेछ । सम्झौता पछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीलाई कार्ड वितरण गरिनेछ । कार्डका आधारमा अस्पतालमा औषधि बाहेकका उपचार निशुल्क हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५