खबर पूर्वाञ्चल
वृद्धाका ५६ वर्षीय छोरा गत मंगलबारबाट आइसोलेसनमा छन् । ५० वर्षीय बुहारी र २८ वर्षीय नातिको रिपोर्ट पनि पोजिटिभ आएको हो । छोराबुहारी र नातिमा पनि कोरोना संक्रमण भएपछि उनको अन्तेष्टिमा आफन्त तथा छिमेकी नआएपछि समस्या भएको थियो । नेपाली सेनाको टाँढी स्थितव्यारेकबाट आएको कोरोना संक्रमितको शव व्यवस्थापन टोलीले वृद्धाको शव आज वेलुका साढे ७ बजे लगेको हो । उनको शव कानेपोखरीको जंगलमा व्यवस्थापन गरिने नेपाली सेनाले जनाएको छ ।
कोरोना संक्रमणबाट मृत्यु भएका सबैको शव सेनाले कानेपोखरीको जंगलमै व्यवस्थापन गर्दै आएको छ ।
कोरोना संक्रमित भएपछि मारवाडी सेवा सदनको आइसोलेशनमा बस्दै आएका उनको परिवारका तीनै जनाको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएकोमा रिपोर्ट नआउँदै बृद्धा आमाको मृत्यु भएको हो । आइतबार विहान परिवारका ३ जनाको रिपोर्ट आउँदा बुहारी र नातिको रिपोर्ट पोजेटिभ आएको छ भने मृतक बृद्धाको रिपोर्ट नेगेटिभ आएको छ ।
एकैघरको तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि बृद्धाको रिपोर्ट नेगेटिभ आएपनि उनको अन्तिम संस्कारमा समस्या भएको विराटनगर– ३ का वडाध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।
कोरोना संक्रमित बुहारी र नाती घरमै होम आइसोलेनमा रहेका छन् । बृद्धाका दुई छोरामध्ये जेठा छोरा काठमाडौंमा छन् । परिवारका सबै जनामा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय मोरङमा सरसल्लाह गरि नेपाली सेनामार्फत शव व्यवस्थापन गरिएको हो ।