पूर्वाञ्चल खबर
विराटनगरमा भएको महासंघको १४ औं साधारण सभाले अध्यक्षमा साह निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा निर्विरोध निर्वाचित भएका साहले व्यवसायीहरूको हकहितमा सधैभरी लागि परेर अगाडी बढने बताए । ‘व्यवसायिकहरूको समस्या सावधनमा सधैभ लागि पर्नेछु,’ अध्यक्ष साहले भने, ‘व्यवसायिको हकहितसँगै सामाजिक कार्यलाई पनि अगाडी बढाउनेछु ।’
महासंघको वरिष्ठ उपाध्यक्षमा सुनिल बोहरा, प्रथम उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ, द्धितिय उपाध्यक्ष कल्पना गौतम, सचिव सुधिर यादव, सह–सचिव सुमन खरेल र कोषाध्यक्ष सुनिता भट्टराई सिग्देल निर्विरोध निर्वाचित भएका छन् । यस्तै समितिको अन्य सदस्यहरूमा प्रभा तिम्सिना, पुष्पराज अग्रवाल, रामकृष्ण खड्का, दिलिपकुमार अग्रवाल, जमुना बजगाई, गोविन्दराज श्रेष्ठ, विनोद सुवेदी, देवेन्द्र श्रेष्ठ, इन्दु कमल अधिकारी, आनन्दराज भण्डारी, राजेन्द्र थापालगायत रहेका छन् ।
कार्यक्रमको प्रमुख अतिथि ग्यास बिक्रेता महासंघका केन्द्रीय अध्यक्ष महेश्वर श्रेष्ठ रहेका थिए । कार्यक्रममा महासंघको केन्द्रीय सदस्यहरू तेजराज श्रेष्ठ, प्रदेश अध्यक्ष सरलराज पोखरेल, उपाध्यक्ष राजेश निरौलालगायतको सहभागिता रहेको थियो ।