animated ellipse animated ellipse

विराटनगरमा प्रदेश सरकारद्वारा स्वास्थ्य सेवा केन्द्र सञ्चालन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ जेष्ठ २०७९, बुधबार १९:१६
576
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाको दक्षिण क्षेत्रका नागरिकहरुलाई निःशुल्क एवं सहज रुपमा स्वास्थ्य उपचार उपलब्ध गराउन आजदेखि प्रदेश १ सरकारद्वारा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ ।

विराटनगर–१० स्थित पाँच विगाहा क्षेत्रफलमा रहेको साविकको कोशी अस्पताल, कोभिड–१९ उपचार केन्द्रमा सञ्चालित केन्द्रमा बहिरङ्ग सेवा, औषधि, प्रयोगशाला,एक्सरे लगायतका सम्पूर्ण सुविधा नागरिकले निःशुल्क प्राप्त गर्ने छन् ।

प्रदेश १ स्वास्थ्य मन्त्री जयराम यादवले अस्पतालको उद्घाटन गर्दै प्रदेशका नागरिकहरुलाई सवल र सहज रुपमा स्वास्थ्य सेवामा पहुँच पु¥याउन केन्द्र सञ्चालनमा ल्याइएको बताए । उनले नागरिकको स्वास्थ्य सुरक्षाप्रति सरकार संवेदशील रहेको छ भन्दै कोभिडले स्वास्थ्य क्षेत्रमा प्रविधि र उपकरणको ठूलो विकास गरेकोले यसको सहि र उचित प्रयोग गर्नुपर्ने बताए ।

मन्त्री यादवले केन्द्रमा उपलब्ध जनशक्तिले नागरिकको सेवामा दत्तचित्त भएर कार्य गर्न निर्देशन दिदै अस्पतालजस्तो बातावारण बनाउन सबैले आफ्नो क्षेत्रवाट जिम्मेवार भएर कार्य गर्नुपर्नेमा बताए । मन्त्रालयका सचिव अनोज भट्टचानले केन्दमा उपलब्ध जनशक्तिको उचित व्यवस्थापन गरिने बताए ।

कोशी अस्पतालका मेडिकल सुपरिडेण्टेन्ट यज्ञराज खरेलले केन्द्रमा विशिष्ट सेवा सहितको बहिरङ्ग सेवा सञ्चालन गर्न आवश्यक चिकित्सक सहितको जनशक्ति उपलव्ध गराउने प्रतिवद्धता व्यक्त्त गर्नु भयो । केन्द्रका निमित्त संयोजक अनुपम राजवंशीले पाँच चिकित्स, १८ स्टाफ नर्स लगायत ५४ जना कर्मचारी कार्यरत रहेको जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर