खबर पूर्वाञ्चल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो ।
परीक्षणको संख्यामा कमी गरेसँगै पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्यामा कमी देखिएको हो । नेपालमा अझै पनि संक्रमणको दर उच्च रहेको छ । यसअघि दैनिक २० हजारमाथि परीक्षण हुँदै आएकोमा आज यो संख्या १२ हजार ७७० मात्र रहेको छ ।
शनिबार पनि १४ हजार ७५२ जनामा कोरोना परीक्षण भएको थियो जसमा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १०९ जनाको मृत्यु भएको छ । मृतककोसंख्या ७२७२ पुगेको छ ।