पूर्वाञ्चल खबर
संक्रमणमुक्त हुनेमा ९६ महिला र ८४ पुरुष रहेका छन् भने ४९३ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १३६ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३२, झापामा २७, सुनसरीमा १६, इलाममा ६, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा २४, सुन्दरहरैचामा २, मिक्लाजुङ, कानेपोखरी, ग्रामथान, सुनबर्षी, पथरीशनिश्चरे र रंगेलीमा १–१, झापाको भद्रपुरमा ५, मेचीनगर, कनकाई र विर्तामोडमा ४–४, दमक र अर्जुनधारामा ३–३, हल्दिबारी, बाहृदशी, गौरादह र कमल गाउँपालिकामा १–१ संक्रमण थप्उिका टन् ।
उता सुनसरीको इटहरीमा ११, धरानमा ४ र इनरुवामा १, इलामको इलाम नगरपालिका, चुलाचुली र देउमाईमा २–२, उदयपुरको त्रियुगा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जना पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको ।