RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा ११ सहित प्रदेश १ मा थप ३१ जना कोरोना संक्रमित थपिए, प्रदेश १ मा संक्रमित संख्या १ हजार नाघ्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ श्रावण २०७७, शुक्रबार १७:२५
9
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा ११ सहित प्रदेश १ मा आज थप ३१ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै प्रदेश १ मा सक्रमितको संख्या १ हजार २४ पुगेको छ ।

झापामा १३, मोरङमा १२, इलाममा ५ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताए ।

झापाको मेचीनगरमा ११ पुरुष २ महिला, विराटनगरमा ६ पुरुष ५ महिला, सुनबर्षीमा १ महिला, इलामको इलाम नगरपालिकामा ५ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा. मेहताले बताए ।

विराटनगर भने वडा नं ५ का एक महिला र एक पुरुष, विराटनगर–२ का एक महिला र एक पुरुष, विराटनगर–११ का १ महिला र १ पुरुष, विराटनगर–६ का एक पुरुष, विराटनगर १७ का एक पुरुष, विराटनगर १२ का एक पुरुष र वडा नखुलेका अर्का पुरुषमा संक्रमण देखिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । प्रयोगशालाहरुबाट रिपोर्ट आउने क्रम नसकिएकोले संक्रमितको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।

संक्रमितमध्ये कोशी अस्पतालमा कार्यरत तीन जना कर्मचारी रहेको जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर