खबर पूर्वाञ्चल
आज विराटनगरमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनले मोरङका खतिवडासहित १४ सदस्यीय कार्यसमिति सर्वसहमत निर्वाचित गरेको हो । इमानको वरिष्ठ उपाध्यक्षमा प्रेम अधिकारी, उपाध्यक्षमा दिलकुमार पुरी, महासचिवमा रन्जन भट्टराई, कोषाध्यक्षमा अच्यूत खतिवडा, सचिवमा नारायण सुवेदी र सह कोषाध्यक्षमा कबिराज भट्टराई निर्वाचित भ्एका छन् ।
यस्तै केन्द्रीय सदस्यहरूमा प्रेमप्रसाद खनाल, प्रमोद विश्वास, विषम दाहाल, संजीव चौधरी, गुरु खनाल, उमेश खनाल र प्रदिप सुवेदी सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितीका संयोजक विष्णु गेलालले जानकारी दिए । १७ सदस्यीय केन्द्रीय कार्यसमितिमा बाँकी तीन जना सदस्य मनोनित गरिने नव निर्वाचित अध्यक्ष खतिवडाले बताए ।
इमानको कार्यकाल तीन वर्षको हुनेछ । नव निर्वाचित कार्यसमितिलाई महाधिवेशनका प्रमुख अतिथी तथा ईमानको प्रमुख सल्लाहकार वेदेन्द्र ढकाल, निर्वाचन समिती संयोजक विष्णु गेलाल र इमानका प्रेस सल्लाहकार तथा प्रेस चौतारी मोरङ अध्यक्ष सुदिप कोइरालाले शुभकामना दिँदै ईमानलाई सवै जिल्लामा विस्तार गर्न सुझाव दिए ।
नव निर्वाचित अध्यक्ष माधवप्रसाद खतिवडाले हरेक मंसिर ६ गतेलाई इमान स्थापना दिवस मनाउने घोषणा गरे। उनले आफ्नो कार्यकाल संगठन विस्तारमा केन्द्रित हुँदै सरोकार राख्ने पक्षहरुसँगको सम्बन्ध बिस्तार गर्दै सहकार्य गर्दै अघि बढ्ने बताए।