खबर पूर्वाञ्चल
मोरङ, सुनसरी र झापाका अस्पतालमा १४ जनाको ज्यान गएको हो । सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४, विराटनगरका कोशी कोभिड उपचार केन्द्रमा ४, नोबेल मेडिकल कलेजमा ३, विराटनगर अस्पतालमा १, विराट मेडिकल कलेजमा १ र झापाको मेची प्रादेशिक अस्पताल भद्रपुरमा १ जनाको मृत्यु भएको हो ।
विराट मेडिकल कलेजमा विराटनगर महानगरपालिका–६ की ७० वर्षीया वृद्धा महिलाको आज विहान मृत्यु भएको छ । कोरोना संक्रमित उनलाई वैशाख १९ गते भर्ना गरिएकोमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै विराटनगर अस्पतालमा धनुषाको विदेह–५ का ५५ वर्षीया पुरुषको आज विहान ९ बजे मृत्यु भएको छ । कोरोना संक्रमणपछि वैशाख २४ गते अस्पताल भर्ना गरिएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।
विराटनगरकै नोवेलमा मेडिकल कलेजमा विराटनगर–१६ का ५२ वर्षीया पुरुषको आज विहान ४ बजे मृत्यु भएको छ । कोरोना सङ्क्रमण भएपछि वैशाख २० गते उपचारका लागि अस्पताल भर्ना गरिएका उनको उपचारको क्रममा मृत्यु भएको नोबेलका प्रवन्धक नारायण दाहालले बताए ।
नोबेलमै धनुषाको जनकपुर–४ का ५२ वर्षीया पुरुषको मृत्यु भएको छ । वैशाख २२ गते भर्ना भएका उनको आज विहान ४ः३० बजे मृत्यु भएको हो ।
उदयपुरको त्रियुगा नगरपालिका–८ का ५५ वर्षीया पुरुषको पनि नोबेलमै मृत्यु भएको छ । वैशाख २६ गते अस्पतालको आइसोलेसनमा भर्ना गरिएका उनको आज विहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै त्रियुगा–५ का ५० वर्षीया पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । उनलाई वैशाख २५ गते अस्पताल भर्ना गरिएको थियो । उनको आज बिहान १ः३० बजे मृत्यु भएको अस्पतालका संयोजक बैद्यनाथ यादवले बताए ।
झापाको दमक नगरपालिका–८ की ५६ वर्षीया महिलाको आज बिहान पनि कोशीमै मृत्यु भएको छ । उनी वैशाख १६ गते अस्पताल भर्ना भएकी थिइन् ।
यसैगरि विराटनगर–१० का ६८ वर्षीया वृद्धको कोशी कोभिडमै सोमबार राति मृत्यु भएको छ । उनी वैशाख १३ गते अस्पताल भर्ना भएका थिए ।
यसैगरि सुनसरीको धरान ३ का ४६ वर्षीया पुरूषको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको छ । वैशाख २१ गते कोरोना संक्रमण देखिएपछि अस्पतालमा भर्ना गरिएका उनको आज १२ः४८ बजे मृत्यु भएको हो ।
यस्तै बीपीमा मोरङको विराटनगर १४ र सुनसरीको कोशी गाउँपालिका १ का पुरुषको सोमबार राति मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार विराटनगर १४ का ४८ वर्षीया पुरुषको राती ९ बजे मृत्यु भएको हो । उनलाई सोमबार नै कोरोना संक्रमण पुष्टि भएर प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
कोशी गाउँपालिका १ का ४३ वर्षीया पुरुषको पनि राति ९ बजेर ५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । उनलाई वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने प्रतिष्ठानमा १६ गते भर्ना गरिएको थियो ।
धनकुटाका कोरोना भाइरस संक्रमित दुई जनाको मृत्यु भएको छ । चौबिस घण्टाको अवधिमा उनीहरुको मृत्यु भएको हो । बीपी कोराइला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचाररत धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ का ७७ वर्षीया पुरुष संक्रमितको सोमबार अपरान्ह मृत्यु भएको थियो ।
यसैगरि कोरोना संक्रमणबाट इलाममा थप एकजनाको मृत्यु भएको छ । माईजोगमाई गाउँपालिका–५ का ९४ वर्षीया वृद्धको आज मृत्यु भएको हो । गत वैशाख १३ गते स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल लगिएका उनमा वैशाख १४ गते कोरोना देखिएको थियो । झापाको भद्रपुरस्थित मेची अञ्चल कोभिड अस्पतालमा राखिएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया