लक्ष्मीनारायण मन्दिरमा खतिवडा

खबर पूर्वाञ्चल, ५ जेष्ठ २०७९, बिहीबार ०६:०७
846
Shares
विराटनगर / विराटनगर ४ स्थित श्री लक्ष्मीनारायण मन्दिर (जियर शैक्षिक संस्था) मा कुमार खतिवडाको अध्यक्षतामा समिति गठन भएको छ ।

समितिका उपाध्यक्षमा देवराज सुवेदी, महासचिव युवराज धिताल, कोषाध्यक्ष रमेश आचार्य र सचिवमा लालमोहन ठाकुर चयन भएका छन् । त्यसैगरी मन्दिरका सदस्यहरुमा शिशिर सुवेदी, देवेन्द्र गुप्ता, मनोज भट्टराई, पुरुषोतम रेग्मी, सुरजा न्यौपाने र सुधा घिमिरे चयन भएको कमिटीले जनाएको छ ।

सभामा स्वामी रामानुज नेपाल, स्वामी खगेन्द्रप्रसाद पोखरेल र शम्भु सुवेदीलाई सल्लाहकारमा मनोनित गरेको छ । समितिले कार्यसमितिको पूर्णता दिने र मन्दिरका नामबाट बैंक खाता खोल्नेसमेत निर्णय गरेको समितिका उपाध्यक्ष देवराज सुवेदीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५