प्रदेश १ मा थप ११ संक्रमितको मृत्यु,मृतकको संख्या ७३६ पुग्यो

खबर पूर्वाञ्चल, ८ जेष्ठ २०७८, शनिबार १८:४७

विराटनगर / विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै प्रदेशमा मृतकको संख्या ७३६ पुगेको छ ।

विराटनगरको नोवेल शिक्षण अस्पताल १० र बुढीगंगा गाउँपालीकाको विराट मेडिकल कलेजको कोभिड अस्पतालमा १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका३, झापाका २, सुनसरीका २ सप्तरीमा १, महोत्तरीका २ जनाको मृत्यु भएको नोवेल अस्पतालका प्रवन्धक नारायणप्रसाद दाहालले बताए । उता विराटमा भने मोरङका १ जनाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज सुनिल देवले जानकारी दिए ।

मोरङको पथरीशनिश्चरे नगरपालिका– ४ का ३५ वर्षीय पुरुष, झापा कनकाई नगरपालिकाका ५२ वर्षीय पुरुष, पुरुष सप्तरीको कन्चनरुप– १२ का ७० वर्षीय पुरुष र बर्दीबास– ५ का ६० वर्षीय पुरुषको शनिबार विहान मृत्यु भएको प्रवन्धक दाहालले बताए । सुनसरीको इनरुवा– ९ का ७५ वर्षीय पुरुष, मोरङको धनपालथान गाउँपालिका– ६ की ३५ वर्षीया महिला, महोत्तरीको बर्दीबास– १ का ५१ वर्षीय पुरुष, झापाको भद्रपुरका ४० वर्षीय पुरुष, विराटनगर महानगरपालिका– ५ का ४६ वर्षीय पुरुष र सुनसरीको रामधुनी नगरपालिका– ३ का ३८ वर्षीय पुरुषको शुक्रबार राती मृत्यु भएको अस्पतालका प्रवन्धक दाहालले बताए । विराटमा विराटनगर १० घर भएका ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज देवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५