खबर पूर्वाञ्चल
विराटनगर महानगरपालिकाका पूर्व मेयर समेत रहे भएका पराजुलीले आज विराटनगर–३ ठुलो मिलस्थित शिव पाञ्चायन मन्दिरबाट परोपकार घाटसम्म लगातार २७ औँ पटक दण्डप्रणाम गर्दै छठ पुजाको लागि घाट गएका हुन्।
यसपटकको दण्डप्रणाम वैदिक सनातन हिन्दु राष्ट्रसहित लोक कल्याण, विश्व शान्ति, राष्ट्र हित र धर्म रक्षाका लागि सुरु गरेको पराजुलीले बताएका छन् । निराहार व्रत बसेका पराजुलीले गरेको दण्ड प्रणाम गर्दै करिब ३ किमी दुरी पार गर्ने छन् ।ण्
दण्डप्रणाम यात्रापछि उनले आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर घाटमा रातभर जाग्राम बसी भोलि विहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने छन् । दण्डप्रणाम यात्रामा भतिज प्रमिश पराजुलीलेसाथ दिएका छन् ।
मनोकांक्षा पूर्ण हुने विश्वासको साथ भाकल गरी छठको व्रत बस्नेहरु दण्ड प्रणाम गर्दै छठ पुजा गर्ने घाटसम्म जाने प्रचलन छ । पछिल्लो समय छठ पुजाको व्यापकता र महिमा बढ्दै गएको छ ।