animated ellipse animated ellipse

विराटनगरको सेन्टजोसेफ स्कूलले सुरु गर्यो अनलाईन कक्षा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ बैशाख २०७७, मंगलवार १४:५३
387
Shares
विराटनगर / विराटगर–२ म रहेको सेन्टजोसेफ स्कूलले स्कूलमा भर्ना भएका विद्यार्थीहरुलाई लक्षित गरी अनलाइन कक्षा सुरु गरेको छ ।

कोभिड–१९ को कारणले देशमा लकडाउन भई रहेको अवस्थामा स्कूलमा अनलाइन भर्ना भएका कक्षा ७ देखि कक्षा १० सम्मका विद्यार्थीलाई अनलाइन कक्षा सुरु गरेको हो । अनलाई कक्षामा करिव ७ सय विद्यार्थीहरु सहभागि रहेको स्कूलका निर्देशक रोहितजंग थपलियाले जानकारी दिए ।

निर्देशक थपलियाका अनुसार केही दिनपछि कक्षा नर्सरीदेखि कक्षा १० सम्मनै अनलाई कक्षा सञ्चालन गरिने बताए । कक्षामा कारणवशः अनुपस्थित हुने विद्यार्थीहरु समेत यो विधिको पठन–पाठनमा सहभागी हुने भएकोले प्रभावकारितामा अझ वृद्धि हुने देखिएको छ । स्कूलले प्रत्येक दिन ३ घण्टा कक्षा सञ्चालन भई रहेको स्कूलले जनाएको छ ।

घरैमा बसेर सम्वन्धित विषय शिक्षकसँग लाइभ कुराकानी गर्दै विषय वस्तुमा आएका समस्या सजिलै समाधान गर्न सकिने निर्देशक थपलियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर