मुलुकको राजनीतिक परिस्थितिका कारण मन्त्रीमण्डल विस्तारमा ढिलाई भएको हो :मन्त्री डा रिजाल

खबर पूर्वाञ्चल, २३ आश्विन २०७८, शनिबार १८:००

विराटनगर / रक्षा मन्त्री डा. मीनेन्द्रप्रसाद रिजालले राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय रहेको बताएका छन् ।

रक्षा मन्त्री भएर पहिलो पटक गृह जिल्ला आएका डा. रिजालले विराटनगर विमान स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन् । डा. रिजालले राष्ट्रिय सुरक्षा मस्यौदा समितिमा विगतमा आफूले पनि काम गरिसकेको हुँदा राष्ट्रिय सुरक्षा नीति राष्ट्रको हितमा रहने बताए । उनले राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय भएको बताए ।

नेपाली सेनाको सम्मान र मर्यादालाई विश्व सामु पनि छर्लङ्ग रहेको भन्दै रक्षामन्त्री डा. रिजालले राष्ट्रिय विपतिमा नेपाली सेनाले अग्रभागमा रहेर उच्चकोटीको काम गरेको जानकारी दिए । नेपाली सेनाको कामबाट विश्व समुदाय सन्तुष्ट रहेको विचार राख्दै रक्षा मन्त्री डा. रिजालले नेपाली सेनाको गौरव बढाउन सरकार कहिले पनि पछि नपर्ने दृढता व्यक्त्त गरे ।

नेपालको संविधानले वाक र प्रेस स्वतन्त्रता दिएकाले कसले के कुरा गर्छ र लेख्छ भन्दा पनि सरकार भर्खरै विस्तार भएको छ र सरकारले आफ्ना काममा गति लिने रक्षा मन्त्री डा. रिजालको भनाई छ । गठबन्धन दलको सहमतिमा सबैको प्रतिनिधित्व हुने गरि मन्त्रीमण्डल बनेको उनले बताए ।

मन्त्रीमण्डल भागबन्डाको विषयमा बाहिर आएको कुराहरूमा सत्यता नभएको बताउँदै रक्षामन्त्री रिजालले सबैको प्रतिनिधित्व हुने गरि मन्त्रीमण्डल बनेको समेत दावी गरे । मुलुकको राजनीतिक परिस्थितिका कारण मन्त्रीमण्डल विस्तारमा केही ढिलाइ भएकाले त्यसलाई अन्यथा लिन नहुने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५