विकाशको काममा तीनै तहको समन्वय हुन आवश्यक छ : मन्त्री कार्की

खबर पूर्वाञ्चल, २७ असार २०७९, सोमबार १७:०१
117
Shares
विराटनगर / प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सङ्घ प्रदेश र स्थानीयतहको समन्वयविनाविकाश सम्भव नभएको बताएका छन् ।

आज विराटनगरमा आयोजित सङ्घ, प्रदेश र स्थानीयतहबिचको अन्तरसम्बन्धःहालसम्मको प्रयास र अबको प्राथमिकताविषयकगोष्ठीमा बोल्दै मन्त्री कार्कीले विकाशको काममा तीनै तहको समन्वयआवश्यक रहेको बताएका हुन् ।

‘सङ्घीय सरकारले आफू नै सबैभन्दा ठुलो हुँ भन्ने, प्रदेशले सङ्घ छुट्टै हो तर तलकोले मान्नुपर्छ भन्ने, स्थानीयले हाम्रो त आफ्नै अधिकार छ भन्ने त्यसमा वडा अध्यक्षले सिङ्गो वडा त मेरै हो भन्ने चलन छ । उहाँले भन्नुभयो, यसो हुँदा कसरी विकाशकाकाम अगाडि बढ्छन् त ?’

सङ्घीयताले विकासको मोडललाई विकेन्द्रीकरण गर्दै लानुपर्नेमा त्यसो नभइरहेको बताउँदै मन्त्रीकार्कीले भागबन्डाका आधारमा हुने विकासलाई रोक्नुपर्नेमा जोड दिए ।

‘ऐनअनुसार स्थानीय सरकारले बजेट पास नगरी मेयरको भागमायतीउपमेयरको भागमायति, वडा अध्यक्षलाई यतिभन्ने हुन्छ । उहाँले भन्नुभयो, जब कीकानूनभनेको डर देखाउने चिज हैन ।’
गाउँपालिकामहासङ्घलाई स्थानीयतहमाजनताकाभावनाअनुसार काम गराउन समन्वयकारी भूमिका खेल्न पनिमन्त्रीकार्कीले आग्रह समेत गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५