AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा एक चिकित्सक मृत भेटियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ चैत्र २०७८, शनिबार ०९:३७
2.97k
Shares
विराटनगर / विराटनगर महानगरपालिका–४ स्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक विजय यादव आज विहान मृत फेला परेका छन् ।

सप्तरी राजविराज घर भएका २७ वर्षीय डा यादव एक घरको परिसरमा मृत भेटिएका हन् । नोवेल मेडिकल कलेजको स्वास्थ शिविरमा गएर शुक्रबार फर्केका उनी आज विहान मृत फेला परेका हन् । डा. यादव नोबेल अस्पतालको हाडजोर्नी तथा नशा रोग विभागमा मेडिकल अफिसरका रूपमा कार्यरत थिए । उनी विगत ४ वर्षदेखि विराटनगर–४ स्थित प्रेम बस्नेतको घरको दोस्रो तल्लामा कोठा भाडामा लिएर डेरा बस्दै आएको अस्पतालले जनाएको छ ।

घटनास्थल विराटनगर–४ मा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ । घरको गेट नजिकै हात बटारिएको अवस्थमा उनी मृत फेला परेका छन् । नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा डेरा बसेको घरको कम्पाउन्डमै डा. यादवको शव फेला परेको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार आफू बस्ने कोठाबाट मुनिको भुइँमा घोप्टो परिरहेको अवस्थामा यादवको शव देखेपछि स्थानीयले विहान ७ बजेतिर प्रहरी र अस्पताललाई घटनाको जानकारी गराएका हुन् ।

चिकित्सक मृत फेला परेको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनाको अनुसन्धान थालेको छ । डा. यादवका आफन्तले घटना शङ्कास्पद रहेको भन्दै गम्भीर ढङ्गले अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाउन माग गरेका छन् ।

प्रहरीले भने डेरा बसेको घरको दोस्रो तलाबाट हामफालेर डा. यादवले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ । पुष्टि भने हुन बाँकी छ । यद्यपि घटनाको यकिन गर्न विभिन्न कोणबाट अनुसन्धान थालिएको मोरङ प्रहरलिे जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर