‘बरियो’ गजलसङ्ग्रहको विमोचन

खबर पूर्वाञ्चल, २४ पुष २०७८, शनिबार १८:४६

धरान / साहित्यकार रोमु अधिकारीद्वारा लिखित ‘बरियो’ गजलसङ्ग्रहको आज एक समारोहका बीच विमोचन गरिएको छ ।

साहित्य कला संस्कृति प्रतिष्ठानले सुनसरीको धरानमा आज आयोजना गरेको कार्यक्रममा संघीय सांसद जयकुमार राई, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, धरान वडा नम्बर १३ का अध्यक्षसमेत रहेका प्रतिष्ठानका संरक्षक नेत्र काफ्ले, प्राध्यापक कविराज न्यौपाने, डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीका अध्यक्ष विनोद विवश, आयोजक संस्थाका अध्यक्ष गोपाल श्रेष्ठलगायतले संयुक्त रुपमा गजल संग्रहको विमोचन गरे ।

विमोचित कृतिका बारेमा अग्रज साहित्यकार मधु पोखरेलले समीक्षा गरे । समीक्षक पोखरेलले संग्रहमा सबै स्वाद र विषयका गजलहरु समावेश भएको बताए । त्यस्तै कार्यक्रममा कवि एवं पत्रकार मीनकुमार नवोदित, गजलकार लीला अनमोल, विनोद विवश, दीपा वाग्ले, हेमन्त निरौला, किरण चापागाईंलगायतले विमोचित कृतिभित्रका गजलहरु वाचन गरे ।

सोही अवसरमा पत्रकार समेत रहेका धनकुटाका साहित्यकार रमेशचन्द्र अधिकारी, नुवाकोटीकी सुमित्रा कार्की, मोरङका युवराज ठकुरी, सुनसरीका एकराज थापा, श्रीभवानी नेपाललगायतलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

PABSON
SBSC
Sitala Subaa
mani Sir
MINILYAND
jagat Sir
SURENDRA

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५